
काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दिपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको हो ।
बुटवलबाट पक्राउ गरेका उनलाई बिहीबार काठमाडौं ल्याउने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।