बालकुमारी वन क्षेत्र सरसफाइ कार्यक्रम सञ्चालन

<p>ललितपुर । ललितपुर महानगरपालिका–१८ सैबु भन्ज्याङ स्थित श्री बालकुमारी सामुदायीक वन उपभोक्ता समुहले सल्ला वन क्षेत्रको सर सफाई कार्यक्रम आयोजना गरेको छ । डिभिजनल वन कार्यालय र मच्छिन्द्र सव डिभिजनल वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाई कार्यक्रममा २ हेक्टर सल्लाको बनक्षेत्रको सफाई गरिएको थियो । सरसफाई कार्यक्रममा डिभिजनल वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सव [&hellip;]</p>

ललितपुर । ललितपुर महानगरपालिका–१८ सैबु भन्ज्याङ स्थित श्री बालकुमारी सामुदायीक वन उपभोक्ता समुहले सल्ला वन क्षेत्रको सर सफाई कार्यक्रम आयोजना गरेको छ । डिभिजनल वन कार्यालय र मच्छिन्द्र सव डिभिजनल वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाई कार्यक्रममा २ हेक्टर सल्लाको बनक्षेत्रको सफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा डिभिजनल वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सव डिभिजनल वन कार्यालयका प्रमुख अनुपा घिमिरे, वडा नं १८ का अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको सरसफाई कार्यक्रममा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सहयोग गरिहेको नेप्से म्याकले फोहोर ढुवानी र व्यवस्थापन गरेको थियो ।

सफाइ कार्यक्रममा बोल्दै डिभिजनल वन कार्यालयका प्रमुख भण्डारीले महानगर क्षेत्रमा रहेको बालकुमारी वनक्षेत्रको संरक्षण गर्न आह्वान गरे । उनले पर्यापर्यटन क्षेत्र विकासको लागि कार्यालयले सक्दो सहयोग गर्ने धारणा राखे । ‘हामीलाई अक्सिजन दिएर बचाउने वनक्षेत्रको संरक्षण गर्नु हामी सबैको कर्तब्य र दायित्व हो’, उनले भने ।

करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रमध्य शनिबार २ हेक्टर क्षेत्रको पुर्ण सरसफाई गरेको थियो । सफाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले ललितपुर महानगरपालिकको गौरबको रुपमा रहेको वनक्षेत्रलाई संरक्षण गर्न वडाको दायित्व भएको बताएका थिए । ‘हाम्रो वडाको गौरबको रुपमा रहेको यस क्षेत्रमा पर्या पर्यटन विकास गर्न वडाले सबै सहयोग गर्नेछ’, उनले भने । उनले वन क्षेत्रमा पर्यटन भित्र्याउन विभिन्न योजना अघि बढाउने बताए । ‘बालकुमारी वन क्षेत्रमा पर्यटन प्रवर्दन गर्न योजना सहित बजेटको व्यवस्था गरिनेछ’, उनले भने ।

सफाई कार्यक्रममा श्री वालकुमारी श्रृजना क्लब, बालकुमारी आधारभुत विद्यालय, निर्मल , अस्मिता र श्रीकुल बोर्डिङ स्कुलका शिक्षक र विद्यार्थीको सहभागिता थियो । त्यस्तै स्थानीय सिद्देश्वर र वत्सलादेवी महिला समुह, श्री बालकुमारी सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारी , विभिन्न गुठी, वाल कुमारी क्लबका पुर्व अध्यक्ष लगायतको उपस्थिति थियो ।

सरसफाई कार्यक्रममा करिब २ ट्रक फोहोर संकलन भएको वन समुहका अध्यक्ष किशोर कुँवरले जानकारी दिए । उनका अनुसार ५ हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रको विकास गर्न डिभिजनल वन कार्यालय, मच्छिन्द्र सव डिभिजनल वन कार्यालय, वडा कार्यालय, स्थानीय बालकुमारी क्लब, विद्यालयको पुर्ण सहयोग रहेको बताए । उनले सरसफाइ कार्यक्रममालाई निरन्तराता दिने जानकारी दिए ।

वन क्षेत्रलाई पर्यापर्यटनमा विकास र बिस्तार गर्ने योजना अनुसार सरसफाई कार्यक्रम आयोजना गरेको उनले बताए । बालकुमारी सामुदायिक वन उपभोक्ता समुहले सफाई भएको क्षेत्रमा साइकल ट्रेल निर्माण सम्पन्न गरेको छ । साइकल ट्रेलको सोमबार उद्घाटन हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

Share News