कपडा पसलमा ठूलो परिमाणमा सुन र भारु भेटियो

तस्बिर एआईको सहयोगमा ।

काठमाडौं । सुर्खेतमा ठूलो परिणाममा सुन र भारतीय रकम (भारु)सहित एक जना पक्राउ परेका छन् । 

वीरेन्द्रनगर ६ स्थित एक कपडा पसलमा लुकाइ राखेको अवस्थामा ठूलो मात्रामा सुन र रकमसहित एक व्यापारी पक्राउ परेका हुन् । 

प्रहरीले मुचुल्का उठाइरहेका थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिए । 

उनका अनुसार प्रहरीले पक्राउ परेका व्यक्ति र सुनको विवरण तथा नगदको बारेमा केही समयमा जानकारी दिइनेछ । 

Share News