झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति

काठमाडौं । झापा इनर्जी प्लान्टमा आगलागी भएको छ । सोमबार दिउँसो झापा शिवसताक्षी नगरपालिका ४ फुलचोक रहेको झापा इनर्जी प्लान्टमा आगलागी भएको हो । 

आगलागी हुँदा विभिन्न मेसिनहरू जलेर अन्दाजी ६ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सुमन बानियाले जानकारी दिए ।

के कारणले आगलागी भएको त्यसबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ । दुधेका स्थानीय वर्षीय ५० को लाल प्रसाद सावा रहेको उनले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आगो निभाइएको उनले बताए ।  
 

Share News