हिरासतमा पुगेर लागुपदार्थ दिन खोज्ने रिजाल पक्राउ

काठमाडौं । प्रहरी हिरासतमै रहेका एक थुनुवालाई लागुपदार्थ दिने एक व्यक्ति पक्राउ परेका छन् । शनिबार प्रहरी वृत्त बालाजुको प्रहरी हिरासत रहेका थुनुवालाई लुगा दिन पुगेका २२ वर्षीय कृतन रिजाल पक्राउ परेका हुन्।

रिजालले दिएको जिन्सको पेन्टमा खैरो हेरोइन थियो । 

उनले दिएको लुगालाई चेकजाँच गर्दा जिन्स पाइन्टमा लुकाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन तीन सय मिलीग्राम फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

नुवाकोट, सूर्यगढी नगरपालिका ५ का रिजाल काठमाडौं, तारकेश्वर नगरपालिका- ८ शान्तिटोलमा बस्दै आएका थिए ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

अर्का थुनुवालाई भने लागुऔषधसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

Share News