१७१ नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

<p>काठमाडौं । मंगलबार १७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत [&hellip;]</p>

काठमाडौं । मंगलबार १७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

Share News