काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ परिसरमा एटिएम मेसिन जडान गरिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने भएको हो ।
आइतबार एक सूचना प्रकाशन गरी एटिएम मेसिन जडानका लागि वाणिज्य बैंकहरुलाई बोलपत्र पेश गर्न आग्रह गरेको छ । विमानस्थलको टर्मिनल भवनको आन्तरिक तर्फको बाहिर पट्टिको स्थानमा ५ वटा बैंकको एटिएमबाट सेवा दिइने भएको हो ।
प्रति एटिएम ५ वर्षको लागि २ लाख ८८ हजार रुपैयाँमा राख्न मिल्ने जनाएको छ । इच्छुक बैंकले सो भन्दा बढी कवोल गरी १५ दिन भित्र बोलपत्र पेश गर्न सक्नेछन् ।