बझाङले मन्त्री पाउने सम्भावना बलियो

<p>काठमाडौं । देशको पिछडिएको प्रदेशको विकट जिल्ला बझाङले यस पटक संघीय सरकारको मन्त्री पाउने सम्भावना बलियो बनेको छ । बझाङ जिल्लाबाट निर्वाचित सासंदहरु मन्त्री बन्ने चर्चा पटक–पटक हुँदै आएपनि यस पटक भने बझाङले मन्त्री पाउने सम्भावना बलियो देखिएको हो । अहिले सत्ता साझदेर दल एकीकृत समाजवादीका सासंद भानुभक्त जोशी मन्त्री बन्ने विषय व्यापक चर्चामा छ [&hellip;]</p>

काठमाडौं । देशको पिछडिएको प्रदेशको विकट जिल्ला बझाङले यस पटक संघीय सरकारको मन्त्री पाउने सम्भावना बलियो बनेको छ । बझाङ जिल्लाबाट निर्वाचित सासंदहरु मन्त्री बन्ने चर्चा पटक–पटक हुँदै आएपनि यस पटक भने बझाङले मन्त्री पाउने सम्भावना बलियो देखिएको हो ।

अहिले सत्ता साझदेर दल एकीकृत समाजवादीका सासंद भानुभक्त जोशी मन्त्री बन्ने विषय व्यापक चर्चामा छ । उनले आफु मन्त्री बन्नु पर्ने अडान पार्टीमा राख्दै आएका छन् भने पार्टीका नेताहरुले पनि यस पटक बझाङले मन्त्री पाउनु पर्ने धारणा राख्दा उनको दाबी सफल बन्ने स्रोतको भनाइ छ ।

यसअअघि झलनाथ खनालको नेतृत्वको सरकारमा वन तथा भू–संरक्षणमन्त्रीका रुपमा काम गरिसकेका उनी अहिले मन्त्रीको बलियो दावेदारका रुपमा देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारमा तीन जना मन्त्री पाउने सम्भावना देखिएको जानकारहरु बताउँछन् । तर, आकांक्षा धने धेरै जना सासंदले देखाएका छन् ।

पार्टी स्रोतका अनुसार बेदुराम भुसाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, किसान श्रेष्ठ, भानुभक्त जोशी, धनबहादुर बुढा, प्रेम आले, मेटमणि चौधरीलगायत सासंदहरु मन्त्री बन्ने लविङमा छन् । तर, यसअघि पनि बझाङले मन्त्री नपाएकोले यस पटक दिनु पर्ने धारणा पार्टीभित्र धेरैको छ ।

बेदुराम भुसाल, राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एक जनाको नेतृत्वमा तीन जना मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । किसान श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आले यसअघि पनि मन्त्री बनिसकेकोले अब मन्त्री जोशीले पाउनु पर्ने धेरैको राय पार्टीमा छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म सरकारमा पठाउने मन्त्रीको टुंगो नलागेको बताए ।

Share News