आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक 

<p>काठमाडौं । आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको पाइने भएको छ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ अफर ल्याइएको कम्पनीले बताएको छ । यस अफ अन्तर्गत अब विदेशमा रहेका नेपालीहरुले रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । कम्पनीको अनुसार यसका लागि पैसा पठाउने [&hellip;]</p>

काठमाडौं । आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको पाइने भएको छ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ अफर ल्याइएको कम्पनीले बताएको छ ।

यस अफ अन्तर्गत अब विदेशमा रहेका नेपालीहरुले रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

कम्पनीको अनुसार यसका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा पैसा पठाउनु पर्नेछ ।

Share News