मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

<p>काठमाडौं । स्मार्ट क्युआरले मेट्रो सुपर मार्केटसँग सम्झाैता गरेकाे छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा दई बीच सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम प्रति कारोबार १०० रुपैयाँ र अफर अ&#x200d;वधिभर ३०० रुपैयाँसम्म [&hellip;]</p>

काठमाडौं । स्मार्ट क्युआरले मेट्रो सुपर मार्केटसँग सम्झाैता गरेकाे छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा दई बीच सम्झाैता भएकाे हाे ।

सम्झाैता अनुसार ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम प्रति कारोबार १०० रुपैयाँ र अफर अ‍वधिभर ३०० रुपैयाँसम्म छुट पाउनेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने बताइएकाे छ ।

यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एनआई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

Share News