काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।
टप अपमा पाँच ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले बताएको छ ।
कम्पनीले सेवाग्राहीहरूले दुई हजार रिर्चाज गर्दा १०० रुपैयाँ, एक हजार गर्दा ५० रुपैयाँ र एक सय गर्दा ५ रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था गरेकाे जनाएकाे छ ।
यसमा आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा दुई प्रतिशत क्यासब्याकको व्यवस्था रहेको छ ।