नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कूनबीच सम्झौता

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्नेको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ ।

सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्नेको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सक्नेछन् ।

एनसीएचएलका सिईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताए । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए ।

सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजमा कोशेढुंगा सावित हुने नेफ्स्कूनका सिईओ पोखरेलले बताए ।

 

Share News