काठमाडौ । नागरिक लगानी कोषले ४ वटा संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सहयाेग गरेकाे छ । काेषले ३३ औं वार्षिकोत्स्वको अवसरमा चार संस्थालाई साढे ७ लाख रुपैयाँ सहयाेग गरेकाे हाे ।
कोषले नेपालले सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ ।
यस्तै, स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्वुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन नेपाललाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यको लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ ।
यसअघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।