ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका आधा दर्जन गाडी बेच्दै, छानीछानी किन्न पाइने

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बैकिङ्ग सम्पत्तिका रुपमा रहेका विभिन्न मोडलका ७ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । बैंकको मुख्य कार्यालयमा रहेका सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । उक्त [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बैकिङ्ग सम्पत्तिका रुपमा रहेका विभिन्न मोडलका ७ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको हो ।

बैंकको मुख्य कार्यालयमा रहेका सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको हो ।

बैंकको उत्तरढोका शाखाको पार्किङ्गमा रहेको बा १२ च ९२१० नम्बरको टाटा सुमो, ब ७ च ७३६८ नम्बरको हुण्डाई स्यान्ट्रो र बा ९ च ९१०७ नम्बरको टाटा पिकअप बिक्री गर्ने भएको हो ।

यस्तै, बैंकको कमलादी शाखामा राखिएको बा ८ च ६७५७ नम्बरको सन्नि निशान र बा ८ च १५४७ नम्बरको टोयोटा क्याम्रे कार पनि बिक्री गर्ने भएको हो । यस्तै, बैंकको बागलुङ शाखाको पार्किङमा रहेको बा १० च ८४३२ नम्बरको महिन्द्रा बोलेरो र जनकपुरमा रहेको बा ९ च ४३७० नम्बरको मारुती सुजुकी वागोनर सवारी बिक्री गर्ने भएको हो ।

Share News