काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
बैंकको नारायणगढ र सीमरा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
बैंकको सिमरा शाखा, जीतपुरबाट जीतनी देवी चौधरीले ऋणवापत राखिएको धितो लिलामी गर्ने भएको हो । चौधरीको नाममा रहेको बाराको साविक डुमरवाना गाविस ४ मा रहेको कित्ता नम्बर १३५४, १६८७ र १६८८ को क्रमशः ०–२–०–०, ०–०–१४–२ र ०–०–७–० विघा जग्गा बिक्रीमा राखेको हो ।
यस्तै, नारायणगढ (कमलनगर) शाखा, चितवन शाखाबाट देउराली ढुवानी सेवाका सञ्चालक अर्जुन राहादी मगरले लिएको ऋण वापतको सवारी र जग्गा बिक्री गर्ने भएको हो । बैंकले ना ८ ख ८६०५ नम्बरको टाटा टिप्पर बिक्री गर्नेछ । साथै, नवलपरासीको साविक बेनिमणिपुर २ मा रहेको कित्ता नम्बर ३१७३ को १–६–१–० विघा जग्गा बिक्री गर्नेछ ।
यस्तै, सोही शाखाबाट श्री जखडी ढुवानी सेवा प्रालिका सञ्चालक तथा जमानीकर्ता विनोद जिसी, सोप बहादुर पछाई क्षेत्री, सरीता देवी पछाई क्षेत्री, जीवन पछाई, शंकर पछाई र गंगाराम चौधरीले धितो वापत राखेको सवारी र जग्गा बिक्री गर्ने भएको हो ।
बैंकले सोप बहादुर पछाई क्षेत्रीको नाममा रहेको नवलपरासी साविक धुरकोट गाविस १ मा रहेको कित्ता नम्बर ५०५ को ६०७३.८४ वगमिटरको जग्गा र उक्त जग्गामा निर्मित घरहरु समेत लिलामीमा बिक्री गर्ने भएको हो । यस्तै, बैंकले लु २ ख ४४११, लु २ ख ४४१२, ग २ ख ७६५, ग २ ख ७६६, ग २ ख ७६७ र ग २ ख ७६८ नम्बरको टाटा टिप्पर बिक्रीमा राखेको हो ।