भारतबाट आयात हुने फलफूल तरकारीमा विषादी जाँच गर्ने व्यवस्था गर्न संघको अपिल

<p>काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक तथा प्राविधिज्ञ संघले भारतबाट आयात हुने फलफूल, तरकारी तथा खाद्य पदार्थहरुमा विषादी जाँचको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग अपिल गरेको हो । आम नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले फलफूल र तरकारी जस्ता खाद्यपदार्थहरुमा विषादीको विश्लेषण नगरिनु वा नलगाइनु [&hellip;]</p>

काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक तथा प्राविधिज्ञ संघले भारतबाट आयात हुने फलफूल, तरकारी तथा खाद्य पदार्थहरुमा विषादी जाँचको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग अपिल गरेको हो ।

आम नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले फलफूल र तरकारी जस्ता खाद्यपदार्थहरुमा विषादीको विश्लेषण नगरिनु वा नलगाइनु आपत्तिको विषय भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रिपरिषदमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महिनौ अघि पठाएको फाइल किन पास नगरिएको भन्दै संघले प्रश्न गर्दै सो फाइललाई मन्त्रिपरिषदबाट अविलम्ब पास गर्नुपर्ने बताएको छ ।

खाद्य स्वच्छता सबैको सरोकारको विषय भएको कुरो मन्त्रिपरिषदले समेत बुझ्नुपर्ने आवश्यकता भएको हाम्रो ठहर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

Share News