एनआईबिएल एस क्यापिटलले सम्पन्न गर्यो धितोपत्र बजार सम्बन्धी कार्यक्रम 

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलले धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम संचालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलको आयोजनामा ठमेल काठमाडौं स्थित अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलले धितोपत्र बजार तथा म्युचुअल फण्ड सम्बन्धी कार्यक्रम संचालन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलको आयोजनामा ठमेल काठमाडौं स्थित अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटलले लिएको छ ।

Share News