नेपाल बैंकले ४१ लाखमा २०८० सालको क्यालेण्डर छाप्दै

<p>काठमाडौं । नेपाल बैंकले २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) छपाइको प्रक्रिया अघि बढाएको छ । बैंकले २०८० सालको क्यालेण्डर छपाइका लागि झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । बैंकले २०८० सालमा भित्ते क्यालेण्डर ६१ हजार थान र ८ हजार थान टेबल क्यालेण्डर छाप्ने भएको हो । बैंकले भित्तेपात्रो (क्यालेण्डर) छाप्ने जिम्मा एमएस बिटी सप्लायर्स एण्ड [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) छपाइको प्रक्रिया अघि बढाएको छ । बैंकले २०८० सालको क्यालेण्डर छपाइका लागि झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बैंकले २०८० सालमा भित्ते क्यालेण्डर ६१ हजार थान र ८ हजार थान टेबल क्यालेण्डर छाप्ने भएको हो । बैंकले भित्तेपात्रो (क्यालेण्डर) छाप्ने जिम्मा एमएस बिटी सप्लायर्स एण्ड प्रिन्टिङ्ग प्रालिले पाएको छ ।

एमएस बिटी सप्लायर्स एण्ड प्रिन्टिङ्गले ४० लाख ७८ हजार १७० रुपैयाँ छाप्ने गरी बैंकले छनोट गरेको हो ।

Share News