काठमाडौं । अपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित नेकमा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने बालुवाटार पुगेका छन् ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउन पुगेका हुन् ।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णय अनुसार नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउन लागेका हुन ।
राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका बेला जेनेभा जान लागेकी मन्त्री विमला राई पौड्याललाई रोक्ने र एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने अभिव्यक्ति दिएपछि राजीनामा दिएर सरकारमा बाहिरिन लागेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
‘हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ, तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ, त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ,’ उनले भने ।
पौडेलको नेतृत्वमा एमालेबाट ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता रहेको थियो ।