प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको छ ।सोमबार गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा ९एमाले० ले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेपछि दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको हो । शनिबार अर्को सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । संविधान धारा १०० को [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको छ ।सोमबार गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा ९एमाले० ले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेपछि दाहालले फेरी विश्वासको मत लिनुपर्ने भएको हो ।

शनिबार अर्को सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

संविधान धारा १०० को उपधारा २ मा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा उक्त दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए ।

Share News