निगमका पाइलटले एयरहोस्टेजलाई दुर्व्यवहार गरेपछि हवाइ उडानमा रोक

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको छ । एयरहोस्टेजलाई दुर्व्यवहार गरेपछि वायुसेवा निगमका ३ जना क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको हो । कारवाहीमा पर्नेमा क्याप्टेन मुकेश कुमार गुप्ता, लाल बहादुर थकाली, अर्विन्द राज पहारी, आइफएस आरती महर्जन, पुर जरिना श्रेष्ठ, [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको छ । एयरहोस्टेजलाई दुर्व्यवहार गरेपछि वायुसेवा निगमका ३ जना क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको हो ।

कारवाहीमा पर्नेमा क्याप्टेन मुकेश कुमार गुप्ता, लाल बहादुर थकाली, अर्विन्द राज पहारी, आइफएस आरती महर्जन, पुर जरिना श्रेष्ठ, थोमनाथ पाण्डेय, निकेश महर्जन, प्रिया बस्नेत र दिपक कुइँकेल रहेका छन् ।

गत साउन १२ गते मलेशियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको उडान गरेको नेपाल वायुसेवा निगमको आरए ४१६ को जहाजका क्याप्टेनले विमान परिचारिका (एयरहोस्टेज) माथि दुर्व्यवहार गरेका थिए । सोही विषयमा क्यानले कारवाही गर्दै हवाइ उडानमा रोक लगाएको हो ।

‘गत श्रावण १२ गते मलेशियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको उडानमा रहेको नेपाल वायुसेवा निगमको उडान संख्या आरए–१६ का चालक दलका सदस्यले विमान परिचारिका माथि गैरव्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ, साथै आवश्यक कारवाही गर्ने क्रममा उक्त उडानमा रहेका चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको छ,’ क्यानले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

Share News