काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिदा नै राष्ट्रिय सहमती हुने बताएका छन् ।
गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन ।
माओबादी केन्द्रले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेको भन्दै मन्त्री किरातीले कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिदा राष्ट्रिय सहमति हुने बताएका हुन ।
‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेश र संविधानको भावना राष्ट्रपति एकताको प्रतिक हो, राष्ट्रिय सहमितबाटै राष्ट्रपति चयन गर्नुपर्छ’, उनले भने ।