५ वर्षमा निक्षेप दोब्बरले बढ्दा पनि तरलता अभाव, हामीलाई चाहिएको पैसा कति हो ?

<p>काठमाडौं । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा एउटा शब्द धेरै उच्चारण हुँदै आएको छ, तरलता अभाव । तरलता अभाव शब्द बैंकिङ्ग क्षेत्रका लागि प्रयायवाची हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालक अथवा सीईओहरुले जुनसकै कार्यक्रममा पनि बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा व्यवसाय विस्तार गर्न नसकेकको बताउँछन् । उद्योगी तथा व्यवसायीहरुले पनि तरलता अभावको समस्या [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा एउटा शब्द धेरै उच्चारण हुँदै आएको छ, तरलता अभाव । तरलता अभाव शब्द बैंकिङ्ग क्षेत्रका लागि प्रयायवाची हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालक अथवा सीईओहरुले जुनसकै कार्यक्रममा पनि बैंकिङ्ग क्षेत्रमा तरलता अभाव हुँदा व्यवसाय विस्तार गर्न नसकेकको बताउँछन् । उद्योगी तथा व्यवसायीहरुले पनि तरलता अभावको समस्या देखाउँदै आफ्नो उद्योग तथा व्यापार वृद्धि हुन नसकेको बताउँ छन् ।

तर, बैंकहरुको विगत हेर्ने हो भने निक्षेप संकलनमा धेरै उचाइ हासिल गरेका छन् भने कर्जा प्रवाह पनि सोही अनुसार नै बढाएका छन् । ५ वर्षको तथ्याङ्क हेर्ने हो भने बैंकहरु रकम संलनभन्दा बढी ऋण दिनमा केन्द्रित भएका देखिन्छन् ।नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार ५ वर्षको अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलन ७७.५२ प्रतिशत बढाएका छन् भने कर्जा प्रवाह ७९.५६ प्रतिशतले बढाएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष २०७५/७६को माघमा वाणिज्य बैंकहरुसँग २६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप थियो । जुन निक्षेप ५ वर्षपश्चात् अर्थात् चालू आर्थिक वर्ष २०७९/८० को माघमसान्तसम्म आइपुग्दा ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । ५ वर्षको अवधिमा बैंकहरुले ७७.५२ प्रतिशत अर्थात् २० खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४ खर्ब २३ अर्ब बढाएका थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ६ खर्ब ३२ अर्ब रुपैयाँ बढाएर ३४ खर्ब ८७ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ७ खर्ब २२ अर्ब रुपैयाँ बढाएर ४२ खर्ब १ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ४ खर्ब १८ अर्ब रुपैयाँ बढाएर ४५ खर्ब ४१ अर्ब रुपैयाँ संकलन गरेका थिए । चालू आर्थिक वर्षको ७ महिनामा बैंकहरुले ३ खर्ब ८ अर्ब रुपैयाँ बढी निक्षेप बैंकिङ्ग प्रणालीमा भित्र्याइसकेका छन् । बैंकहहरुले ५ वर्षमा औषत ५ खर्ब रुपैयाँ निक्षेप बढाएका छन् ।

कर्जा विस्तारमा केन्द्रित

बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाहमा बढी केन्द्रित भएका छन् । ५ वर्षको अवधिमा बैंकहरुले ८० प्रतिशत कर्जा बढाएका छन् । जुन निक्षेप संकलन भन्दा बढी हो । आर्थिक वर्ष २०७५/७६ को माघमा बैंकहरुले २३ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा वितरण गरेका थिए ।जुन कर्जा ५ वर्ष पछि अर्थात् चालू आर्थिक वर्ष २०७९/८० को माघसम्ममा बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् । ५ वर्षको अवधिमा बैंकहरुले ७९.५६ प्रतिशत अर्थात् १९ खर्ब १ अर्ब रुपैयाँ बढाएका हुन् ।

बैंकहरुले आर्थिक वर्ष २०७५/७६ मा ३ खर्ब ८३ अर्ब रुपैयाँ बढाएर २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा ऋण प्रवाह गरेका थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ खर्ब ९६ अर्ब रुपैयाँ बढाएर २९ खर्ब ३ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ८ खर्ब ४३ अर्ब रुपैयाँ बढाएर ३७ खर्ब २१ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ४ खर्ब ११ अर्ब रुपैयाँ बढाएर ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आर्थिक वर्षको ७ महिनामा भने १ खर्ब १३ अर्ब रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा वितरण गरेका छन् । ५ वर्षको अवधिमा बैंकहरुले औषत ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा बढाएका हुन् ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालबैंकहरुको पूँजी वृद्धि गरेका कारण ५ वर्षमा बैंकहरुको निक्षेप दोब्बर बढेको बताउँछन् ।यद्यपि, बैंकहरु निक्षेप संकलनभन्दा पनि कर्जा प्रवाहमा बढी केन्द्रित भएका कारण अहिले तरलता संकट आएकोे उनको भनाइ छ । तर, पछिल्लो समय नियामकले निक्षेप संकलन र कर्जा प्रवाहमा कडाइ गरेका कारण भविष्यमा तरलताको समस्या नआउने उनको तर्क छ ।

‘५ वर्षको अवधिमा निक्षेप संकलन नगरी कर्जा प्रवाह बढी गरेको हुँदा अहिले संकट आयो, यो वर्ष बैंकहरु संयमित भएका छन्, राष्ट्र बैंकले पनि सीडी रेसियोदेखि अन्यमा कडा नियमहरु लागू गरेको छ, यसकारण भविष्यमा यस्तो समस्या आउँदैन,’ उनले भने ।

५ वर्षको अवधिमा अर्थतन्त्रका समग्र क्षेत्र दोब्बरले बढेका कारण निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको उनले बताए । साथै बैंकहरुले ऋणपत्रबाट संकलन गरेको रकम कर्जामा गणना हुँदा कर्जा बढी देखिएको उनको भनाइ छ ।

‘५ वर्ष अघि बैंकहरुको पूँजी २ अर्बबाट ८ अर्ब पुर्याइयो, बैंकहरुको पूँजी ४ गुणा बढ्दा पनि निक्षेप २ गुणामात्रै बढेको छ, यो अवधिमा देशका विभिन्न गतिविधि पनि बढे, रेमिट्यान्स पनि ५ वर्षको अवधिमा धेरै बढेको छ, सबै क्षेत्र अर्थात् प्यारामिटर्सहरु दोब्बरले बढेका छन्,’ उनले भने, ‘पूँजी र ऋणपत्रबाट आएको रकम गणना गर्न पाउने भएकाले कर्जा बढी भएका देखिएको हो ।’

राष्ट्र बैंकका पूर्व गभर्नर तिलक कोइरालाले निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा जोड दिएका कारण तरलता अभाव खेप्नु परेको बताए । साथै अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएकाले पनि समस्या आएको उनको भनाइ छ ।

‘तरलता अभाव वा लगानीयोग्य रकम अभाव हुनुको मुख्य कारण निक्षेप भन्दा बढी कर्जा प्रवाह गरेर हो, विगतका वर्षहरुमा तरलता अभाव हुँदैनथ्यो, यदाकदा मात्रै तरलता अभाव हुने गरेको भएपनि यसपटक भने अर्थतन्त्रलाई चोट पुर्याउने गरेरभयो,’ उनले भने, ‘ऋण प्रवाह पनि अनुत्पादक क्षेत्रमा गएको छ, स्वदेशमा उत्पादन हुनु पर्ने वस्तुमा ऋण प्रवाह भएको छैन, उत्पादन भएका वस्तुहरुले समेत बजार पाएको छैन ।’

बैंकहरुले कुनै परोपकारी संस्था नभइ नाफा कमाउने संस्था भएकाले कर्जा प्रवाहमा जोड दिएको उनले बताए । बैंकहरुले छोटो अवधिमा बढी प्रतिफल आउने क्षेत्रमा कर्जा दिएका कारण समस्या आएको उनको भनाइ छ ।

‘बैंकहरु कुनै परोपकारी संस्था होइनन्, बैंकका लगानीकर्तालाई उचित प्रतिफल दिनै पर्छ, ऋण प्रवाह गर्दा साँवा ब्याज समयमा आउने क्षेत्र अनुत्पादक क्षेत्रतर्फ घरजग्गा, आयात लगायतका क्षेत्रमा कर्जा बढी दिए,राष्ट्र बैंकले विभिन्न समयमा निगरानी गरेर फेरबदलगर्न निर्देशन दिएको हुन्छ तर, लामो समयसम्म तरलता अभाव कायम रह्यो,’ उनले भने ।

उनका अनुसार बैंक मात्रै दोषी नभएर नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु सबैको दोष देखिन्छ । किनभने सरकारले समयमा खर्च गर्न सकेन । राष्ट्र बैंकले मुद्रास्फितीको दरलाई हेरेर मात्रै तरलता छाड्ने गरेको छ ।

‘मुद्रास्फिती डबल डिजिटमा हुन थाल्यो भने आँखा चिम्लेर तरलता छाड्न मिल्दैन किनभने आन्तरिक र बाह्य स्थायित्व कायम राख्नुपर्छ तर, राष्ट्र बैंकले बजार अनुगमन गर्दै लचकतापूर्ण तरिकाले काम गर्न सकेन,’ उनले भने ।

Share News