राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा अरुण चौधरीको नाम समेटिएन

<p>काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेकाे हाे । उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । आममाफी पाइसकेपनि त्यसकाे आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगले जनाएकाे छ । आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६/६ महिना कैद [&hellip;]</p>

काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेकाे हाे ।

उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । आममाफी पाइसकेपनि त्यसकाे आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगले जनाएकाे छ ।

आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६/६ महिना कैद सजाय सुनाएको थियो ।

 

Share News