काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लुम्बिनी प्रदेश कार्यालयले प्रभावकारी फिल्ड व्यस्थापन तालिम सम्पन्न गरेको हाे ।
लुम्बिनी प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । उक्त कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको थियो ।
संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमर नाथ सेढाईंले संस्थाको शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आईरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरु संचालन गरिएको बताए । उनले संस्थाको नीति बमोजिम कसरी कार्यक्रम संचालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यहरुलाई उनीहरुको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेष गर्ने बताए ।
संस्थाका लुम्बिनी प्रादेशिक कार्यालय (क) का प्रमुख अमर नाथ सेढाईं, उप प्रादेशिक कार्यालयका प्रमुखहरु लव सुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गरेको उक्त तालिममा प्रदेश कार्यालय अन्तर्गतका १०३ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यस्ता कार्यक्रम संचालनबाट संस्थाद्धारा संचालित वित्तीय तथा गैह्रवित्तीय कार्यक्रम तथा सेवाहरु सरल, सहज तथा उपलब्धीमुलक रुपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईले बताए । कम्पनीले सातै प्रदेशका ७४ जिल्लाहरुमा शाखा खोली २८७ शाखाहरुमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।