‘व्यवसायीलाई बैंकहरुले दिने दवाव कम गर्न सरकारले सहयोग गर्नुपर्छ’

<p>काठमाडौं । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले दिने दवावको कम गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य &#x200d;संघ काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघले व्यवसायीहरु दवावको कारण आत्महत्यासम्म गर्न पुगेको बताउँदै यसप्रति ध्यान दिन आग्रह गरेको छ । &#8216;आज सामाजिक संजालमा बैंकको वित्तीय संस्थाका दवाव र अन्यायका धेरै कुराहरु आइरहेको [&hellip;]</p>

काठमाडौं । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले दिने दवावको कम गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य ‍संघ काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

संघले व्यवसायीहरु दवावको कारण आत्महत्यासम्म गर्न पुगेको बताउँदै यसप्रति ध्यान दिन आग्रह गरेको छ । ‘आज सामाजिक संजालमा बैंकको वित्तीय संस्थाका दवाव र अन्यायका धेरै कुराहरु आइरहेको छन्, यस्ता अप्रिय घटना हुन नदिन र व्यवसायीको मनोवल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्रसँग सम्बन्धित निति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले ब्याजदरको स्थिरताको लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । ‘हालका बैंकिङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी निजि क्षेत्र सरकारको ध्यानाकर्षण गर्दै अविलम्ब समस्या समाधानका लागी संवोधन हुन पनि जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, उद्योग स‌ंगठन मोरङले सरकारले व्यवसायीको समस्यालाई गम्भिरतापूर्वक सुनी समय मै सम्बोधन गर्नु आवश्यक रहेको बताएको छ ।

मंगलबार नयाँ बानेश्वरमा व्यवसायीलर् गरेको आत्मदाहले नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याईरहेको बताउँदै संगठनले अभिभावकको रुपमा राज्य प्रस्तुत हुनु पर्ने बताएको छ ।

संगठनले पेशागत संघरसंस्थाको माध्यमबाट पद्धती सुधारका लागि राज्यका संयन्त्रहरुलाई दवाव दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन अनुरोध गरेको छ ।

Share News