मेगा बैंकको कार्यवाहक सीइओमा महेश शर्मा ढकाल नियुक्त

<p>काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीइओमा ढकाललाई नियुक्त गरेको हो । ढकाललाई पुस २५ गते सोमबारबाट लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीइओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । यसअघि ग्लोबल आईएमई बैंकका बरिष्ठ [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीइओमा ढकाललाई नियुक्त गरेको हो ।

ढकाललाई पुस २५ गते सोमबारबाट लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीइओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

यसअघि ग्लोबल आईएमई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकालले बैंकिङ क्षेत्रमा अढाई दशक बिताईसकेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका ढकाल कमर्स एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् ।

 

Share News