प्रतितोला ८ सयले घट्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News