काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाम एकताका लागि पहल गर्ने जनाएको छ । बिहीबार बसेको समावादी दलको बैठकले कार्यदल नै बनाएर बाम एकता गर्न पहल गर्ने निर्णय गरेको हो ।
आजको बैठकले वेदुराम भुषालको संयोजकत्वमा चार सदस्यीय कार्यदल नै गठन गरेर बाम एकताका लागि पहल कदमी गर्ने बताएको छ । कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्नेछ ।
उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रश्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको बताए ।