बेटर होम्सको फर्निचर मेला २२ गतेदेखि

<p>काठमाडौं । नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङले पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ। घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु विभिन्न डिजाइनका साथ मेलमा पाइनेछन्। मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरिमा पौष २२ गते देखि  २४ गते सम्म सन्चालन हुनेछ । काठका विभिन्न फर्निचरहरु उपभोक्ताले एकै स्थानबाट खरिद [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङले पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ।

घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु विभिन्न डिजाइनका साथ मेलमा पाइनेछन्। मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरिमा पौष २२ गते देखि  २४ गते सम्म सन्चालन हुनेछ ।

काठका विभिन्न फर्निचरहरु उपभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजक बेटर होम्स फर बेटर लिभिङकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन्।

मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल  दराज लगाएतका सामग्री राखिएका  छन् ।

Share News