कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे धारण सार्वजनिक गर्ने

<p>काठमाडौं । नेपाली कांग्रेसलेसमसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । कांग्रेसले बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले आफ्नो धारण सार्वजनिक गर्न लागेको प्रष्ट पारे । यस्तै, कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसलेसमसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । कांग्रेसले बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले आफ्नो धारण सार्वजनिक गर्न लागेको प्रष्ट पारे । यस्तै, कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम तय गरेको छ ।

Share News