एनआइसी एशियाले नबिल बैंकलाई उछिन्यो

<p>काठमाडौं । एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेकाे  छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये यो सेयर मूल्य सबैभन्दा [&hellip;]</p>

काठमाडौं । एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेकाे  छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये यो सेयर मूल्य सबैभन्दा धेरै हो ।

१८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि नबिल बैंकको सेयर मूल्य घटेको हो ।

नबिल बैंकले हरेक वर्ष लाभांश दिँदै आएको छ भने एनआइसी एशियाले विगत दुई वर्षदेखि लाभांश दिनसकेको छैन ।

 

Share News