काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर र जाडोबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् ।
उनले सोमबार भर्चुअल माध्यमबाट भएको बैठकमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।