भृकुटीमण्डपमा पुस २१ गतेबाट १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

<p>काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फुटवेयरले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी भृकुटीमण्डपमा तीन दिन सञ्चालन हुने छ । यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी [&hellip;]</p>

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फुटवेयरले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी भृकुटीमण्डपमा तीन दिन सञ्चालन हुने छ ।

यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो प्रदर्शनी गर्न लागिएको उक्त एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले बताए । साथै उनले जुत्ता उत्पादनको हिसाबले आत्मनिर्भर रहेको समेत जानकारी दिए ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अनुसार स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको छ । नेपालमा लघु उद्योग, साना, मझ्यौला र ठुला गरी देशभर छरिएर रहेका १५ सय संख्यामा जुत्ता चप्पल उत्पादकहरू रहेको अनुमान गरिएको छ । जसमध्ये ठुला तथा मझ्यौला २ सय २९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १ हजार ७२ फेल्ट तथा हस्तकलामा आधारित २ सय रहेका छन् ।

हाल ९ करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको पनि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा मेला संयोजक सुरज बञ्जाडेले बताए । प्रदर्शनी विभिन्न ब्राण्डका छाला तथा अन्य चप्पल बनाउने कम्पनीहरूको सहभागितामा हुनेछ ।

बञ्जाडेका अनुसार नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुन लागेको हो । देश भरीबाट ४० देखि ५० हजार औद्योगिक, डिलर, होलसेलर, खुद्रा व्यापारीको सहभागी हुने अपेक्षा छ, प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने छन्, नेपाली फुटवेयरका ५० कम्पनी सहभागी हुने छन्,’ उनले भने ।

प्रर्दशनीमा एउटै छाना मुनि देशभरिका उद्योगी हुने हुँदा नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मूल्य छानेर कारोबार गर्नको लागि सहजता हुने आयोजक टिमको विश्वास छ । प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरूलाई समावेश गरिएको स्टलको मूल्य तिर्न नसक्नेलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको पनि बञ्जाडेले जानकारी दिए । तीन दिने प्रदर्शनीमा लाखौं विदेशी तथा नेपाली नागरिक अवलोकन गर्ने अपेक्षा आयोजक टिमले लिएको छ ।

Share News