काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।
मन्त्रालयकोे अबस्थाबारे जानकारी लिदै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिन सबै मन्त्रालयका सचिवको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।