काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकहरुको ब्याजदर १८/१९ प्रतिशत पगेको बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरुले ऋणीबाट १८/१९ प्रतिशत ब्याज लिइरहेको बताएका हुन् ।
उनले बैंकहरुले कर्जाको ब्याजदर बढी भएपनि ऋण नै नपाइएको बताएका छन् । ‘अहिले ऋणको ब्याज ह्वात्तै बढेको छ, बैंकहरुले कर्जाको ब्याजदर १८/१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन,’ उनले भने ।
यस्तै, उनले सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ छ ।