
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सरुवा र बढुवाको लागि नेताहरुको सहयोग मागे कारवाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल (हेर्ड क्वार्टर) पुगेर गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवाका लागि राजनीतिक दलहरुको घरघरमा गए कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड अनुसार हुने बताए । गृहमन्त्री बनेपछि लामिछाने पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका हुन् ।
‘सरुवा र बढुवाका लागि नेताका घर–घर जाने कुरा अन्त्य हुन्छ, हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्, हिजोका दिनमा जे भए आगामी दिनमा कसैले पनि कानून विपरितका क्रियाकलाप नगर्नुहोला,’ उनले भने ।
साथै उनले उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । गलत क्रियाकलाप गरे कसैको कुरा नसुन्ने उनको भनाइ छ ।
‘म पनि पनि कुनै कुरामा दबाब दिँदैन, सबै कुरा कानूनले बाँधेर गर्ने हो, प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्नेछु,’ उनले भने ।