जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ बजारमा

<p>काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ उत्पादन बजारमा ल्याएको छ । नेपालमा हार्ड ड्रिङ्क्स र बियर उत्पादन गर्दै आएको यस कम्पनीले प्रिमियम ह्वीस्की ब्राण्ड &#8216;काला पथर&#8217; बजारमा ल्याएको हो । कम्पनीले विज्ञप्ती जारी गर्दै बजारमा प्रिमियम क्याटोगोरीमा प्रिमियम ह्वीस्की ल्याएको जानकारी दिएको छ । &#8216;काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचिन हिमनदीको पानीका साथ [&hellip;]</p>

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ उत्पादन बजारमा ल्याएको छ । नेपालमा हार्ड ड्रिङ्क्स र बियर उत्पादन गर्दै आएको यस कम्पनीले प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ बजारमा ल्याएको हो ।

कम्पनीले विज्ञप्ती जारी गर्दै बजारमा प्रिमियम क्याटोगोरीमा प्रिमियम ह्वीस्की ल्याएको जानकारी दिएको छ । ‘काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचिन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

वाल्र्ड अर्चर्ड फ्रुट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीको भनाइ छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।

Share News