कर्मचारी सञ्चय कोषको एउटा सटरको भाडा २ लाख ११ हजार रुपैयाँ

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषको एउटा सटर २ लाख ११ हजार रुपैयाँमा भाडामा लागेको छ । कर्मचारी संचय कोषको ठमेलस्थित अफिस कम सपिङ कम्प्लेक्स भवनको २०९ नम्बर सटर मासिक २ लाख ११ हजार ५ सय रुपैयाँमा भाडामा लागेको हो । २० वर्गमिटर क्षेत्रफल रहेको उक्त सटर टोखा ३ काठमाडौंका टिकाराम लम्साललले लिएका हुन् । कोषले [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषको एउटा सटर २ लाख ११ हजार रुपैयाँमा भाडामा लागेको छ । कर्मचारी संचय कोषको ठमेलस्थित अफिस कम सपिङ कम्प्लेक्स भवनको २०९ नम्बर सटर मासिक २ लाख ११ हजार ५ सय रुपैयाँमा भाडामा लागेको हो । २० वर्गमिटर क्षेत्रफल रहेको उक्त सटर टोखा ३ काठमाडौंका टिकाराम लम्साललले लिएका हुन् ।

कोषले उक्त सटरको न्यूनतम मूल्य २ लाख १० हजार रुपैयाँ तोकेको थियो । कोषले अफिस कम सपिङ कम्प्लेक्स भवनमा खाली रहेका पसल ईकाईहरू भाडामा दिनका लागि गत मंसिर २ गते बोलपत्र आह्वान गरेको थियो । सोही बमोजिम आधारभूत र वित्तीय प्रस्ताव मूल्याङ्कनका आधारमा लम्साललाई छनोट गरिएको हो ।

यस्तै, २४ वर्गमिटर क्षेत्रफल रहेको २०४ नम्बरको पसल इकाई नेचर निट प्रालिले १ लाख ९१ हजार २३६ रुपैयाँमा खरिद गरेका छन् । यस्तै, २४ वर्गमिटर क्षेत्रफल भएको २१५ नम्बरको पसल इकाई अभिनव अधिकारीले १ लाख ८७ हजार ९९९ रुपैयाँमा खरिद गरेका छन् ।

उक्त सटरहरु सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ अनुसार भाडामा दिईएको कोषले जनाएको छ ।

कोषले गत मंसिर २ गते सूचना प्रकाशन गरी १० वटा सटर भाडामा दिने बताएको थियो । जसमा २०१, २०२, २०४, २०९, २१०/२३१, २१५, २३८, २३९, २४३ र २४५ पसल इकाईहरु खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । जसमध्ये ३ वटा सटर भाडामा लागेको जनाएको छ ।

 

Share News