विदेशीसँग बैंकर रविनाको अफयर, सार्वजनिक गरिन् प्रेमीको तस्वीर

<p>काठमाडौं । मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी उनले गत साता मात्रै मेगा बैंकबाट राजीनमा दिएकी थिइन् । अहिले एकल जीवन जिइरहेकी उनले आफ्नो प्रेमीसहितको तस्वीर सार्वजनिक गरेकी [&hellip;]</p>

काठमाडौं । मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी उनले गत साता मात्रै मेगा बैंकबाट राजीनमा दिएकी थिइन् ।

अहिले एकल जीवन जिइरहेकी उनले आफ्नो प्रेमीसहितको तस्वीर सार्वजनिक गरेकी हुन् । केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रविनाका श्रीमानले डिभोर्स दिएका थिए । त्यसपछि उनी एक्लै छिन् । उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताएकी छन् । उनले भेटपछि कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छन् ।

‘साथीहरू, तपाईंसामू सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी छु कि मैले ३२ वर्षको बैंकिङ करियरबाट बाहिर निस्केपछि मेरो जीवन मात्र परिवर्तन भएको छैन, ब्रह्माण्डले मलाई सबैभन्दा धेरै भाग्यमानी बनाएको महसुस गरेकी छु, जसको लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ, मैले उहाँलाई भेटेदेखि मेरो पूर्ण भएको महसुस गरेँ, तपाईंको आर्शिवादका लागि मैले सार्वजनिक गरेकी हुँ,’ उनले लेखेकी छन् ।’

उनले इन्स्टाग्राममा स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नामक आइडीलाई मेन्सन गरेकी छन् । उनी विदेशी नागरिक भएको बुझिएको छ । उनी वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिन्छन् ।

रविनाका दुई छोरा आयुशमान र असिरमान छन् । लामो समयदेखि रविना एकल जीवन बिताउँदै आएकी थिइन् । दुवै छोरा नेपाली सिनेमा क्षेत्रमा सक्रिय छन् । रविनाका छोरा आयुशमानले नायिका प्रिंयका कार्कीसँग विवाह गरेका छन् ।

मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।

रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन् ।

Share News