काठमाडौं । १८ कम्पनीसहित ४ जना व्यक्ति एचआरमएम नेपालबाट सम्मानित भएका छन् ।
बिहीबार सोल्टी होटलमा भएको कार्यक्रममा एचआरमएम नेपालले १८ कम्पनी र ४ जना व्यक्तीलाई विभिन्न विद्यामा कर्पोरेट एक्सिलेन्स र डिस्टङ्गयुइस्ड सर्भिसेस अवार्डबाट सम्मान गरेको हो ।
नेपालको निजि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि अवार्ड प्रदान गरिएकाे आयाेजकले जनाएकाे छ ।
सम्मानित हुने कम्पनीहरुमा उत्पादनबाट पोखरा नुडल्स, बैंकबाट सिद्धार्थ बैंक, इन्स्योरेन्सबाट नेशनल लाइफ, इन्टरनेट सेवा प्रदायकबाट वर्ल्डलिंक कम्युनिकेसन, आइटीबाट क्लाउड फ्याक्ट्री नेपाल, होटलबाट सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी र फिनटेकबाट नेपाल क्लियरिङ हाउस रहेको छ ।
यस्तै, औषधीबाट नेपाल फर्मास्युटिकल, बहुराष्ट्रिय कम्पनीबाट युनिलिभर नेपाल, हाइड्रोपावरबाट सानिमा माइ, कृषि व्यवसायबाट पैचो पसल, इकमर्शबाट दराज, एयरलाइन्सबाट बुद्ध एयर, निर्यातबाट रिलायन्स स्पिनिङ मिल्स, निर्माणबाट सिइ कन्सट्रक्सन, सामाजिक उद्यमबाट कारखाना र स्टार्टअपबाट मिचा रहेको छ ।
व्यक्तितर्फ भायनेट कम्युनिकेशनकी सीइओ सेवा पाठक र सिप्रदी ट्रेडिडका सिद्धार्थ एसजेबी रानाले लिडरसिप अवार्ड पाएका छन् भने पंचकन्या प्रेमबहादुर श्रेष्ठले लाइफटाइम एचिभ्मेन्ट अवार्ड र संस्था निर्माणकर्ताको अवार्ड हिमालयन एसजेबि अवार्ड पाएका छन् । 