गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

<p>काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । ‘सोही आधारमा मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन्’, गृहसचिव विनोदप्रकाश सिंहले [&hellip;]</p>

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । ‘सोही आधारमा मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन्’, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।

उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उनले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

Share News