बैंक तथा वित्तीय संस्थाको सम्पत्तिमा उल्लेख्य वृद्धि, नागरिक लगानीलाई सासु कोषले टक्कर दिँदै

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति प्रत्येक वर्ष बढ्दो रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व बढेको देखाएको हाे । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा वाणिज्य बैंकको १०.५ [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति प्रत्येक वर्ष बढ्दो रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व बढेको देखाएको हाे ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा वाणिज्य बैंकको १०.५ प्रतिशत, विकास बैंकका १५.७ प्रतिशत, वित्त कम्पनीको २०.४ प्रतिशत र लघुवित्त वित्तीय संस्थाको १६.६ प्रतिशतले कूल सम्पत्ति तथा दायित्व बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, पुर्वाधार विकास बैंकको ५.७ प्रतिशत, बीमा कम्पनीको, १५ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.७ प्रतिशत, नागरिक लगानी कोषको २६ प्रतिशत र सामाजिक सुरक्षा कोषको ४१.४ प्रतिशतले कूल सम्पत्ति तथा दायित्व वृद्धि भएको हो ।

वाणिज्य बैंकहरुको १०.५ प्रतिशत अर्थात् ५ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ बढेर ५९ खर्ब ५६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कूल सम्पत्ति तथा दायित्व २३.४ प्रतिशत अर्थात् १० खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ बढेर ५३ खर्ब ९२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार विकास बैंकहरूको कूल सम्पत्ति तथा दायित्व १५.७ प्रतिशत अर्थात् ८१ अर्ब १८ करोड रुपैयाँ बढेर ५ खर्ब ९९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो सम्पत्ति २५.८ प्रतिशत बढेर ५ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ थियो ।

यस्तै, फाइनान्स वा वित्त कम्पनीहरूको २०.४ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोड रुपैयाँ बढेर १ खर्ब ५१ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ कूल सम्पत्ति तथा दायित्व थियो ।

यस्तैगरी, असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कूल सम्पत्ति तथा दायित्व १६.६ प्रतिशत बढेर ५ खर्ब १९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुको कूल सम्पत्ति तथा दायित्व ४ खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ थियो । नेपाल पूर्वाधार बैंकको सम्पत्ति तथा दायित्व ५.७ प्रतिशत बढेर २५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

बीमा कम्पनीहरूको कूल सम्पत्ति तथा दायित्व २०७८ असार मसान्तसम्म ५ खर्ब ४२ अर्ब ६५ करोड रहेको थियो । गत असार मसान्तसम्म १५ प्रतिशत बढेर ६ खर्ब २४ अर्ब १३ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ ।

कर्मचारी सञ्चय कोषको ३.७ प्रतिशत बढेर ४ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको उक्त ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व २६ प्रतिशत वृद्धि भई २ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ९६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

सामाजिक सुरक्षा कोष (सासु) को ४१.४ प्रतिशत बढेर ५४ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

Share News