यी ६ बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश

<p>काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् । हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक तथा विकास बैंकमध्ये अझै ६ कम्पनीको लाभांश खान पाइने अवसर छ । जसमध्ये ४ वाणिज्य बैंक रहेका छन् [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् ।

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक तथा विकास बैंकमध्ये अझै ६ कम्पनीको लाभांश खान पाइने अवसर छ । जसमध्ये ४ वाणिज्य बैंक रहेका छन् भने बाँकी २ वटा विकास बैंक रहेका छन् ।

वाणिज्य बैंकहरुमा लाभांश खान पाइने बै‌कहरुमा नबिल, हिमालयन, राष्ट्रिय वाणिज्य र सिभिल बैंक रहेका छन् । त्यस्तै, विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेको छ । यि बै‌कहरुले बुक क्लोजको मिति भने तय गरिसकेका छन् ।

बुक क्लोज भइनसकेका कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउँछन् । त्यसैकारण बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश खानको लागि अर्को वर्षसम्म कुर्नुपर्ने व्यवस्था छ ।

पुस १८ गते एकैदिन ५ बैंकको बुक क्लोज हुने भएको छ । नबिल, हिमालयन, महालक्ष्मी विकास र राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण तथा साधारण सभामा जानको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेका हुन् ।

यससँगै पुस १७ गतेभित्रमा यी कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् । नबिलले ३० प्रतिशत, हिमालयनले १९.११ प्रतिशत,  मुक्तिनाथ विकासले १४.२१ प्रतिशत, महालक्ष्मी विकासले १०.४७ र राष्ट्रिय वाणिज्य बैंकले १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

त्यस्तै, सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्दै छ । बैंकले ५.२६ प्रतिशत लाभांशको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै पुस १८ गतेसम्म सिभिलको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउनेछन् ।

Share News