काठमाडौं । नेपाली वस्तु निर्यातको लागि चीनले ३१ महिनापछि रसुवागढी नाका खोलेको छ । लामो समयदेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चैत २०७६ मा नेपाल सरकारले कोभिड(१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो ।
यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ ।