कांग्रेसले बोलायो पुस २२ मा केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

<p>काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ । पार्टीको पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ । पार्टीको पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस सङ्घीय संसदको ठूलो दल बनेको छ ।

Share News