काठमाडौंमा डेरा खोज्नै गाह्रो, आज पनि जाँदैछु : सिके राउत

<p>काठमाडौं । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न निकै गार्&#x200d;हो भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै आज पनि डेरा खोज्न जान लागेको बताएका छन् । ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने [&hellip;]</p>

काठमाडौं । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न निकै गार्‍हो भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै आज पनि डेरा खोज्न जान लागेको बताएका छन् ।

‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले लेखेका छन् ।

प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।

Share News