अब भ्रष्टाचार गर्ने दिन गए : यातायातमन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । ‘भ्रष्टाचार गर्नेहरुले वा [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । ‘भ्रष्टाचार गर्नेहरुले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु, ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस्,’ उनले भने ।

मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको बताए ।

Share News