बाँके, बर्दिया र दाङमा सहुलियतपुर्ण कर्जा ४८.६५ प्रतिशत

<p>काठमाडौं । सहुलियतपूर्ण कर्जा लिएकाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । बाँके, बर्दिया र दाङमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सहुलियतपुर्ण कर्जाबाट वार्षिक ३८.६९ प्रतिशत आम्दानी गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । जसले गर्दा उनीहरुलाई कर्जाको सावा र ब्याज भुक्तानी गर्न कुनै समस्या नदेखिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कृषि कर्जामा ३८.३४ [&hellip;]</p>

काठमाडौं । सहुलियतपूर्ण कर्जा लिएकाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । बाँके, बर्दिया र दाङमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सहुलियतपुर्ण कर्जाबाट वार्षिक ३८.६९ प्रतिशत आम्दानी गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । जसले गर्दा उनीहरुलाई कर्जाको सावा र ब्याज भुक्तानी गर्न कुनै समस्या नदेखिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

कृषि कर्जामा ३८.३४ प्रतिशत, महिला उद्यमशील कर्जामा ३६.७२ प्रतिशत र अन्य कर्जामा ६३.२७ प्रतिशतले आम्दानी गरेका छन् । बाँकेमा ४२.८७ प्रतिशत, बर्दियामा ३८.८१ प्रतिशत र दाङमा ३४.९८ प्रतिशत आम्दानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङका गरी कूल ३५६ जना ऋणीहरुलाई सहभागीलाई आधार मानेर सर्वेक्षण गरेको थियो । जसमध्ये ४९.७२ प्रतिशत उद्योगी व्यवसायीहरुको लगानी २० लाख भन्दा बढी रहेको छ । ययस्तै, ३२.३१ प्रतिशत ऋणीहरुले १० लाखदेखि २० लाख रुपैयाँ, १७.९७ प्रतिशत ऋणीहरुले १ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार यी तीन जिल्लामा उद्योग÷व्यवसायमा गरेको लगानी मध्ये सहुलियतपुर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको छ । जसमध्ये बर्दियामा सबैभन्दा धैरै ६८.१० प्रतिशत, बाँकेमा ३४.५० प्रतिशत र दाङ जिल्लामा ६३.१३ प्रतिशतले सहुलियत कर्जा लिएका छन् ।

सहुलियतपुर्ण कर्जा लिएका ९२.९८ प्रतिशत ऋणीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको र ७.०२ प्रतिशत सहभागीहरुको आर्थिक अवस्था उस्तै रहेको पाइएको अध्ययनले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गरेको र कर्जा प्रवाह पश्चात् बैंकले ९५.२३ प्रतिशत व्यवसायीको अनूगमन गर्ने गरेका छन् ।

सहुलियत कर्जा लिएका ऋणीहरुले आंशिक रोजगारी १०.४० प्रतिशतलाई दिने गरेका छन् भने ३९.९१ प्रतिशतले आफ्ना परिवारका सदस्य बाहेक अन्य कर्मचारी तथा कामदारहरुलाई रोजगारी उपलब्ध गराएका छन् । व्यावसायिक फर्महरुले औसतमा कूल लगानीको वार्षिक १८.८३ प्रतिशत आम्दानी गरेका छन् । जसमध्ये औसतमा कृषि कर्जामा १८.८३ प्रतिशत, महिला उद्यमशील कर्जामा १८.७५ प्रतिशत र अन्यमा २८.५७ प्रतिशत आम्दानी गरेको देखिएको तथ्याङ्कमा उल्लेख छ ।

२०७८ कात्तिक मसान्तसम्म १ लाख ३३ हजार ९३० जना ऋणीहरुलाई २ खर्ब ३७ अर्ब ८२ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको रकम कर्जा लगानी गरिएको छ । सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशूपन्क्षी कर्जा र महिला उद्यमशील कर्जा प्रवाह भएको छ ।

जसमध्ये बाँके, बर्दिया र दाङमा ५ हजार ७ सय जना ऋणीले सहुलियतपूर्ण कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये बाँकेमा १ हजार ८५८ जना, बर्दियामा १ हजार ३२२ जना र दाङमा २ हजार ५४९ जनाले कृषि तथा पशूपंक्षी, शिक्षित यूवा स्वरोजगार, विदेशबाट फर्केका यूवा परियोजना, महिला उद्यमशील, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र दलित समूदाय व्यवसाय कर्जा लिएका छन् ।

Share News