जाँदाजाँदै अर्थमन्त्रीले खोजे गभर्नर…

<p>काठमाडौं । अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेको बताएका छन् । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका मन्त्रीहरु धमाधम बाहिरिँदै गर्दा मन्त्री शर्माले राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्वका बारेमा बुझेको बताएका हुन् । सोमबार मन्त्रालयका कर्मचारीहरुले गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । प्रधानमन्त्रीमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेको बताएका छन् । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका मन्त्रीहरु धमाधम बाहिरिँदै गर्दा मन्त्री शर्माले राष्ट्र बैंक र अर्थ मन्त्रालयको महत्वका बारेमा बुझेको बताएका हुन् ।

सोमबार मन्त्रालयका कर्मचारीहरुले गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै शेरबहादुर देउवाको मन्त्रिपरिषद स्वत भंग भएको हो ।

‘म अर्थमन्त्री भएपछि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको महत्वका बारेमा बुझ्ने राम्रोसँग बुझ्ने अवसर पाएँ, अर्थमन्त्री भएपछि सरकार कसरी चलाउने ? देशको आम्दानी र खर्च, ऋण लिने प्रकृया, वैदेशिक सहायताका बारेमा धेरै कुरा बुझे,’ उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निमन्त्रणा गरिएको भएपनि अनुपस्थित भएपछि अर्थमन्त्री शर्माले गभर्नरसाप खोई ? गभर्नरलाई किन नबोलाउनु भएको ? भनेर कर्मचारीलाई सोधेका थिए ।

Share News